Ticker

6/recent/ticker-posts

कमरेड भाग- ०१


                                   
    
     ४ घन्टा ढिलो गरेर प्लेन आकाशमा उड्यो र झन्डै डेड घन्टा लाग्यो । लामो दिक्कलाग्दो यात्रा पछि विराटनगर बाट काठमाडौं आइपुगे । त्रिभुवन विमानस्थल बाट बाहिर निक्लिदा झपक्क रात परिसकेको थियो । रात परेता पनि पोल, घर र गाडीका बत्तीले काठमाडौं झलमल्ल देखियो । फटाफट चलिरहेका पाइला होटेल समिकमा गएर अडिए । 

दिदी कोठा छ ?

छ त , कस्तो चाहियो १५००, २०००, २५०० को छ ।

कोठा हेरेपछि १५०० को लाई १००० दिने भए । कोठामा पुगेर फ्रेस भएसि तल झरे । 

खाना खानुहुन्छ हजुर ?

चिकेन चाउमिन एक प्लेट अनि एउटा गोर्खा दिनुस् ।

चाउमिन आइपुग्दा गोर्खा सकिसकेको थियो । मोबाइलमा "comrade"को नम्बर कल गर्नलाई ठिक्क पारेको थिए । चाउमिन संग अर्को गोर्खा सकेसि बल्ल आँट आयो अनि कल गरे कमरेडलाई । तेस्रोपटक कल गर्दा बल्ल फोन उठ्यो । 

हेल्लो को हो ?

कमरेड, म तुलसी काठमाडौं आएको छु ।

ए... ए... भोलि बिहान ८ बजे बानेश्वरको पिपल बोटमा भेटुम है ।
मैले हुन्छ भन्न नपाउदै फोन कट्यो ।

भोलिपल्ट बिहान ८ नबज्दै बानेश्वर पुगे । पिपलको फेदमा बसेर चारैतिर आँखा डुलाउन थाले । करिब एक घन्टा पछि कमरेडको म्यासेज आयो ," भारतले सिमा मिचेको विरोधमा दुतावास घेर्न जानुपर्ने भयो, आउन सकिन है ।" 

लामो समय  पछि कमरेडलाई भेट्न उत्साहित म निरासाको पोको बोकेर फर्किए । 

क्रमशः

Post a Comment

0 Comments